बुधबार, वैशाख १२, २०८१

अमेरिकाको न्युयोर्कमा फेरि बढ्न थाल्याे कोरोना

नेपालखोज २०७९ जेठ ४ गते १८:०२

काठमाडाैं । अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।

महामारीको ‘मध्यम खतरा’मा रहेको न्युयोर्क अहिले ‘उच्च खतरा’मा बर्गिकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो । महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दवाव सृजना भएको छ ।

महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् । कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया