काेमल वली भन्छिन्- सरकारको सही कामलाई सही र गलतलाई गलत भनेर आलोचना गर्नेछु

नेपालखोज २०७८ साउन २७ गते १६:२०
फाइल तस्बिर

काठमाडाैं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार कान्ड छानबिन गर्न सरकारसँग माग गरेकी छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन् ।

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताए । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौं भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन् ।

सांसद वलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडि बढ्नसक्छ भन्नेकुरामा विश्वस्त रहेको बताउँदै सरकारको सहि कुरालाई सहि र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया