शंकर पोखरेलविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
नेपालखोज
२०७८ साउन २७ गते १७:२३

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्नका लागि आह्वान गरिएको विशेष अधिवेशन रोक्न माग गर्दै गिरीले सर्वोच्चमा गत सोमबार रिट दायर भएको थियो ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रदेश सभाविरुद्धको रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
सम्बन्धित

प्रतिक्रिया