साताव्यापी मास्क अभियान (फोटो फिचर)

काठमाडौं । सरकारको देशव्यापी मास्क अभियान यतिबेला जारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उही साउन २३ गतेदेखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ अभियान सञ्चालन गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गइरहेको तर आम नागरिकबाट जनस्वास्थ्यका मापदण्ड उल्लंघन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्त्वबारे जानकारी गराउन यो अभियान सुरु गरिएको हो ।
कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेकै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउन आवश्यक छ । एक हप्ते यो अभियानमा मास्क कसरी लगाउने भन्नेबारे आम सर्वसाधारणलाई सिकाइँदै छ, भने स्वास्थ्य स्वयंसेविकामार्फत गाउँटोलमा मास्कको महत्त्वबारे पनि जानकारी गराइँदै छ ।










तस्बिर : रासस

प्रतिक्रिया