विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिइने
नेपालखोज
२०७८ साउन २७ गते २१:१३

काठमाडौं । सरकारले विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षाको प्रवेश पत्रको आधारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधवार बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. तारानाथ पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सबै प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरूलाई खोपको व्यवस्था गर्न आग्रह गरिएको छ । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरू विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानुपर्नेछ ।

सम्बन्धित

प्रतिक्रिया