शुक्रबार, फागुन ११, २०८०

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

नेपालखोज २०७८ साउन २८ गते १०:३१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्दै छ ।

१४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले यो विषयमा पनि आजको केन्द्रीय समिति बैठकमा छलफल गरी निर्णय हुने सम्भावना छ ।

स्रोतकाअनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरु गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी केन्द्रीय समितिको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले धारणा बनाइसकेको छैन ।

प्रतिक्रिया