आइतबार, वैशाख १६, २०८१

रियल लाइफ हिरोजका कथा !

नेपालखोज २०७८ साउन २८ गते १४:१५

मुम्बई । बलिउडमा अहिले त्यस्ता सावटा चलचित्रको काम भइरहेको छ । जसले दर्शकलाई एउटा नयाँ अनुभव दिलाउनेछन् । रियल लाइफमा आधारित ती चलचित्र एक से एक अब्बल रहेको दाबी गरिँदै छ जसमा अजय देवगनको ‘भुज’ देखि सिद्धार्थ मल्होत्राको ‘शेरशाह’ सम्म छन् ।

१. गंगुबाई काठियावाडी
आलिया भट्ट चाँडै सन्जयलीला भन्सालीको फिल्म गंगुबाई काठियावाडीमा देखिनेछिन् । यो चलचित्र रिलिजको तयारी जोडतोडका साथ भइरहेको छ । मुम्बईकी प्रसिद्ध कोठिवाली गंगुबाईको जीवनमा आधारित यो कथामा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुदेखि मुम्बईका डनसम्म जोडिएका छन् । यसमा अंग्रेजविरुद्धको आन्दोलनको प्रसंगसमेत जोडिन्छ ।

No description available.

२. भुजः द प्राइड अफ इन्डिया
बलिउड अभिनेता अजय देवगन स्टारर ‘भुजः द प्राइड अफ इन्डिया’ को ट्रेलर १२ जुलाईमै रिलिज भएको हो । उक्त ट्रेलरपछि प्रशंसकहरु यो फिल्म प्रदर्शनको पर्खाइमा छन् । यो चलचित्र १२ अगस्तमा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ । भुजः द प्राइड अफ इन्डियामा अजय देवगनले स्‍क्‍वाड्रन लिडर विजयकुमार कार्णिकको भूमिका निर्वाह गरेका छन् ।

३. पृथ्वीराज
अक्षय कुमारको चलचित्र ‘पृथ्वीराज’ प्रदर्शनका लागि तयार छ । यो चलचित्रको घोषणा सन् २०१९ मा बलिउडका खेलाडी अक्षय कुमारको जन्मोत्सवका अवसरमा गरिएको थियो । पृथ्वीराजको निर्देशन डा. चन्द्रप्रकाश द्विवेदीले गरेका हुन् भने यसका निर्माता आदित्य चोपडा हुन् । अक्षय यो फिल्मलाई लिएर निकै उत्साहित र आशावादी भएको बताइन्छ ।

४. थलाइवा
फिल्म ‘थलाइवा’ पनि यही वर्ष प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा कंगना रनौतले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

No description available.

५. मैदान
गएको महिना प्रदर्शनमा आएको राकेश ओमप्रकाश मेहराको चलचित्र तुफानले राम्रो सफलता हासिल गरेको थियो । खेलकुदमा आधारित तुफानमा फरहान अख्तर, मृणाल ठाकुर तथा परेश रावल मुख्य भूमिकामा थिए । बलिउड चलचित्र उद्योगमा खेलको क्रेज कायमै छ किन भने बलिउडमा अहिले स्पोर्टसमा आधारित कैंयन् चलचित्र निर्माणका क्रममा छन् । अजय देवगनको आगामी चलचित्र मैदान सन् १९५२-१९६२ बीचको कथामा आधारित छ जसलाई भारतीय फुटबलको स्वर्ण युग भनिन्छ । यो चलचित्रमा अजय त्यतिबेलाका भारतीय फुटबल कोच सैयद अब्दुल रहिमका रूपमा प्रस्तुत हुँदै छन् । यो चलचित्र १५ अक्टुबर, २०२१ मा रिलिज हुनेछ ।

No description available.

६. शेरशाह
अभिनेता सिद्धार्थ मल्होत्रा तथा अभिनेत्री कियारा आडवाणी अभिनित शेरशाह १२ अगस्तमा रिलिज हुँदै छ । यो चलचित्रको निर्माण फिल्ममेकर करण जौहरले गरेका हुन् । कियारा र सिद्धार्थका प्रशसंकहरु लामो समयदेखि यो फिल्मको प्रतीक्षामा छन् । १२ अगस्तमा अमेजन प्राइम भिडियोमा रिलिज हुने यो चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । शेरशाह कारगिल युद्धमा मारिएका भारतीय सैनिक विक्रम बत्राको रियल लाइफमा आधारित छ ।

No description available.

७. ८३
१९८३ को वर्ल्ड कप क्रिकेटमा आधारित चलचित्र ८३ लामो समयदेखि प्रदर्शनको पर्खाइमा छ । यो चलचित्र २०१९ मै तयार भएको हो । ओटीटी रिलिज नगरेर थिएटरमै रिलिज गर्ने निर्णयका कारण यो चलचित्र सिनेमा हलहरु खुल्ने प्रतीक्षामा थियो । भारतमा सिनेमा हलहरु खुलेलगत्तै यो चलचित्र दर्शक माझ पुग्नेछ ।

No description available.

प्रतिक्रिया