शनिबार, जेठ ४, २०८२

सुनको मूल्य बढ्याे, चाँदीकाे कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ साउन २८ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला छ सय रुपैयाँले बढेर ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ सय १९० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया