बुधबार, जेठ १, २०८२

प्रदेश खेलकुद परिषद्‌का उपाध्यक्षमा गुरुङ

नेपालखोज २०७८ साउन २८ गते ११:५२

कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल संघका अध्यक्षसमेत रहेका ध्वजकुमार गुरुङ नियुक्त भएका हुन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए ।

स्याङजाको वालिङ नगरपालिका-१२ सिर्सेकोट कोखे घर भई उनले हाल पोखरा–१० मा बसोबास गर्दै आउएका छन् । यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उनलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।

नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहेका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हालेका थिए । उनकाे कप्तानीमा पाँचौं राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलले पुरुषतर्फ स्वर्ण पदक जितेको थियो । रासस

प्रतिक्रिया