बिहीबार, वैशाख २०, २०८१

एकैदिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

नेपालखोज २०७८ साउन २८ गते १२:४९

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकैदिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ ।

एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समिरमणि दिक्षित, टुटलका सीईओ शिक्षित भट्ट, अभिनेता अनुपविक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।

दुई साता अघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले सहर्ष स्विकारिसकेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ ।

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ ।

‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं । आजको मितिसम्म हामीसँग एक सय ५३ भन्दा बढी बुकिङ छन् । आज चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउट पुटको बेजोड समिश्रण हो ।

टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’ रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको समिश्रण हो ।

ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्लीक्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो ।

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब पाँच दसमलव ९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नेछन ।

नेपाली बजारमा कुशकको मूल्य निम्नअनुसार रहेको छ ।

भेरियन्ट मूल्य (नेरु)
एक्टिभ एमटी ४९,९०,०००
एम्बिसन एमटी ५३,९०,०००
एम्बिसन एटी ५८,९०,०००
स्टाइल एमटी ६०,९०,०००
स्टाइल एटी ६५,९०,०००

प्रतिक्रिया