मंगलबार, वैशाख २५, २०८१

महालक्ष्मी लाइफको ‘महालक्ष्मी बाल बचत बिमा योजना’

नेपालखोज २०७८ साउन २८ गते १५:२३

काठमाडौं । प्रत्येक आमाबाबुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविष्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ ।

यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले एक समारोहका बीच ‘महालक्ष्मी बाल बचत बिमा योजना’ सार्वजनिक गरेको छ ।

बिमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बिमा योजना बिक्री वितरणको लागि सुभारम्भ गरे । यस बिमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधासमेत रहेको छ ।

बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बिमा योजना लिन सकिन्छ भने बिमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ ।

साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बिमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ ।

कुनै कारणवस बिमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५% बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५% बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बिमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।

प्रतिक्रिया