आइतबार, जेठ ६, २०८१

जन्म लग्नअनुसार रुद्राक्ष धारण !

ओम आचार्य २०७८ साउन २९ गते ७:०८

रुद्राक्षले कुनै न कुनै रुपबाट जातकलाई फाइदा नै पुर्‍याएको हुन्छ किन भने रुद्राक्षमा ग्रहसँगै देवताको पनि बास रहेको हुन्छ । जन्म पत्रिका त्रिकोण अर्थात लग्न पञ्चम र नवम् भाव सर्वाधिक बलशाली मानिन्छ ।

लग्न अर्थात् जीवन आयु र आरोग्य पञ्चम अर्थात् बल, बुद्धि, विद्या एवं प्रसिद्धि नवम् अर्थात् भाग्य र धर्म ।
अत: लग्नका अनुसार कुण्डलीको त्रिकोण भावको स्वामी ग्रह कहिल्यै पनि अशुभ फल दिँदैन । अशुभ स्थानमा रहे पनि मद्दत नै गर्छ ।

यसैकारण यिनीहरुको भावको रुद्राक्ष धारण गर्नु सर्वाधिक शुभ रहन्छ । विभिन्न योगहरुको शुभाशुभ प्रभावमा वृद्धिका लागि यी ग्रहहरुको सम्बन्धित रुद्राक्ष धारण गर्नुपर्छ ।


जस्तो कि :
-गजकेसरी योगका लागि दुईवटा पाँचमुखी रुद्राक्ष
-शक्ति वृद्धिका लागि दुई र तीनमुखी
-बुध आदित्य योगका लागि चार र एकमुखी


(साधना सिद्धि विज्ञानको नेपाली रुपान्तर)

प्रतिक्रिया