बुधबार, वैशाख २६, २०८१

एभरेष्ट बैंकको खुद मुनाफा एक अर्ब ८२ करोड

नेपालखोज २०७८ साउन २९ गते १२:४६

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५१ करोड ६२ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ६० अर्ब २२ करोड दुई लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ६८ करोड १५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ९६ करोड दुई लाख एक हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा तीन दसमलव २४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ३६ करोड ४९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ५४ करोड ५४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब २१ करोड १७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा पाँच अर्ब ३१ करोड चार लाख १० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया