मंगलबार, वैशाख २५, २०८१

नेपाल लाइफको खुद मुनाफा ५३ करोड ५९ लाख

नेपालखोज २०७८ साउन २९ गते १८:३५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा ५३ करोड ५९ लाख ४३ हजार चार सय २८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ५३ करोड तीन लाख ७९ हजार सात सय एक रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी सात रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया