मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल अब काउन्सिलमा दर्ता नहुने

नेपालखोज २०७८ साउन २९ गते २०:०४

काठमाडौं । मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल अब प्रेस काउन्सिल नेपालमा सूचीकरण नहुने भएका छन् । काउन्सिलले आज एक सूचना जारी गर्दै आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण (दर्ता) नगर्ने जनाएको हो ।

दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अंक वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आए त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने काउन्सिलले जनाएको छ ।

विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने काउन्सिलले जनाएको हो । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका-२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ ।

प्रतिक्रिया