गजुरेलको नेतृत्वमा नेपाल भौगर्भिक समाजको नयाँ समिति गठन

नेपालखोज २०७८ साउन ३० गते ९:२०

काठमाडौं । सहप्राध्यापक डा. अनन्तप्रसाद गजुरेलको नेतृत्वमा नेपाल भौगर्भिक समाजको नयाँ कार्यकारिणी समिति चयन भएको छ । संघको निर्वाचनका केही प्रक्रिया यही साउन २७ देखि २९ गतेसम्म अनलाइन माध्यमबाट भएको थियो भने मतदान भौतिक उपस्थितिमै भएको थियो ।

गजुरेलले निकट्तम प्रतिस्पर्धी डा. सुधीर रजौरेलाई ९९ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । डा. गजुरेल त्रि-चन्द्र कलेजका भूगर्भशास्त्र विभाग प्रमुखसमेत हुन् ।

यसैगरी उक्त निर्वाचनबाट उपाध्यक्षमा मोनिका झा, महासचिवमा लोकविजय अधिकारी र कोषाध्यक्षमा आशिष केसी विजयी भएका छन् । समाजको उपमहासचिवमा सविना खत्री र सदस्यमा सौरभ खनाल, इन्द्र लम्साल र अर्जुन भण्डारी भने निर्विरोध निर्वाचित भए ।

प्रतिक्रिया