सोमबार, वैशाख २९, २०८२

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

नेपालखोज २०७८ साउन ३० गते १२:४५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले शनिबार आईपीओ बाँडफाँड गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरको निष्कासनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धक भई साउन २० देखि २४ गतेसम्म सार्वजनिक निष्कासन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासन गरिएको कुल सेयर ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशतबराबर तीन लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशतबराबर तीन लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हाे ।

प्रतिक्रिया