मंगलबार, वैशाख २५, २०८१

बैंक अफ काठमाण्डूकाे एक अर्ब ५३ करोड खुद मुनाफा

नेपालखोज २०७८ साउन ३० गते १३:३५

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)को खुद मुनाफा सामान्यरुपमा बढेको छ । बैकले आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ५३ करोड ५९ लाख ७२ हजार आठ सय ३८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ४६ करोड छ लाख ९५ हजार आठ सय २४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख ७६ हजार चार सय २९ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब तीन अर्ब ४१ करोड ३४ लाख ८८ हजार सात सय ८६ रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ५८ करोड १२ लाख १० हजार तीन सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब १४ करोड ९८ लाख ९३ हजार एक सय ४८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा तीन दशमलव तीन प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १२ करोड ७१ लाख ४५ हजार आठ सय २६ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार छ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड १६ लाख आठ हजार आठ सय ३६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब ५७ करोड ५२ लाख पाँच हजार पाँच सय छ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो स्प्रेड दर तीन दशमलव ८१ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया