‘अहंकार व्यक्तिवाद, स्वार्थ, हावी भयाे जुन समस्याको जड हो’

नेपालखोज २०७८ साउन ३० गते १३:५६
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले एमालेसँग अवसर हुँदाहुँदै पनि अध्यक्ष केपीशर्मा ओलीप्रति संकेत गर्दै अहिले अहंकार र व्यक्तिवाद हावी भइरहेको टिप्पणी गरेका छन् ।

उनले गलत प्रवृतिसँग पनि कुनै हालतमा सम्झौता नगरिने बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा उनले उक्त प्रवृतिविरुद्ध जुधिरहने बताएका छन् ।

उनले भनेका छन्, ‘अहंकार व्यक्तिवाद, स्वार्थ, हावी भयाे । धेरैतिर विकृति विसंगती देखा परे । यी सबै समस्याको जड हो, ।’

त्यस्तै नेता नेपालले मान मर्यादा र ठाउँ पाए पार्टीमा बस्ने संकेत गरे । एमाले उपाध्यक्ष वामदेव गौतम जसरी अपमान सहेर भने बस्न नसकिने र बाध्यताको बाटो अपनाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

प्रतिक्रिया