बुधबार, वैशाख २६, २०८१

पोखरा फाइनान्सको नाफा १२ करोड ७० लाख

नेपालखोज २०७८ साउन ३० गते १५:३३

काठमाडौं । पोखरा फाइनान्सले आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड ७० लाख ८२ हजार सात सय ७८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा सात करोड ३० लाख १४ हजार तीन रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९६ करोड ३१ लाख ४५ हजार सात सय ९० रुपैयाँ रहेको फाइनान्सले आव २०७७/०७८ मा आठ अर्ब ९८ करोड ६५ लाख ४५ हजार नौ सय ७९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८५ करोड ५२ लाख तीन हजार सात सय ७८ रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।

सो अवधिमा ३१ करोड ९९ लाख १० हजार एक सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको ।

चार दशमलव २५ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने यस अवधिमा नौ करोड ३२ लाख ७१ हजार नौ सय ६५ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५० करोड ८३ लाख एक हजार पाँच सय ६६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९९ करोड ८६ लाख ४५ हजार नौ सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ३० करोड ६५ लाख ६४ हजार ८३ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया