बुधबार, असोज २३, २०८१

सि.बि.आई.एल.क्यापिटलको स्वतन्त्र संचालकमा पाण्डे र मुल नियुक्त

नेपालखोज २०७९ पुष २७ गते १५:४४

काठमाडौं । सि.बि.आई.एल.क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त भएका छन् । कम्पनीको यही पुस २४ गते बसेको एक सय पाँचौं सञ्चालक समितीको बैठकले साविकका स्वतन्त्र संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको हो ।

स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ बर्ष भन्दा बढीका ेव्यवस्थापकिय तहको अनुभव रहेको छ भने स्वतन्त्र संचालक अभिजित मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा सात बर्ष भन्दा बढीको अनुभव रहेको छ । संस्थाको मिति २०७९ पौष २६ गते बसेको १०६ औं संचालक समितिको बैठकले नवनियुक्त स्वतन्त्र संचालकहरुको स्वागत तथा साविकका स्वतन्त्र संचालकहरुलाई बिदाईको कायक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सिटिजन्स बैंक ईन्टरनेशनल लि.तर्फबाट संचालकहरु पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोषतर्फबाट सुवाष खड्का, नवनियुक्त स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डे र अभिजित मुल, साविकका स्वतन्त्र संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया