मंगलबार, वैशाख २५, २०८१

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद मुनाफा ७ करोड

नेपालखोज २०७८ साउन ३० गते १५:३९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा सात करोड एक लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा चार करोड ३३ लाख ७६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको आव २०७७/०७८ मा प्रतिसेयर आम्दानी तीन रुपैयाँ ३४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय १० रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रतिक्रिया