शनिबार, जेठ ५, २०८१

सेन्चुरी डिबेन्चर २०८८ नेप्सेमा सूचीकृत

नेपालखोज २०७९ असार १७ गते १३:०२

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत व्याजदर भएको ‘सेन्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणसमक्ष धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री आह्वान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम बुधबारको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया