रहेनन् धानविज्ञ भोलामान सिंह बस्नेत

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का पूर्ववैज्ञानिक, बाली विज्ञ, वरिष्ठ धान वैज्ञानिक भोलामानसिंह बस्नेतको आज निधन भएको छ ।
उनले नेपालको कृषि क्षेत्रको अनुसन्धान, विकास एवं धान बाली प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएका थिए । बस्नेत टेलिभिजन, रेडियो कृषि समाचार, सम्पादन एवं कृषि कार्यक्रम निर्माणमा समेत जोडिएका थिए । कर्मठ, जुझारु र शालीन व्यक्तित्वका रुपमा परिचित बस्नेतले नै नेपालमा असार १५ गते धान दिवसका रुपमा मनाउन थालनी गराएका हुन् ।
उनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वकार्यकारी निर्देशक पनि हुन् । धानबाली विज्ञको असामयिक निधनप्रति उनका साथीसँगी, शुभचिन्तकहरुले सामाजिक सन्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले फेसबुकमा लेखेका छन्, ‘प्रिय मित्र भोला बस्नेतको दुःखद निधन भएको छ । मसँग शोक व्यक्त गर्ने शब्द छैनन् ।’

प्रतिक्रिया