भारतीय युथ स्पोर्ट्स काउन्सिलद्वारा पोल बल हस्तान्तरण

काठमाडौं । भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगार्थमा शनिबार गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरिएको हो ।
भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५ सय बल हस्तान्तरण गरेका थिए ।
वीरहरुको देश नेपालमा जन्मिएको व्यक्तिसँग जोडिन पाउँदा निकै खुसी लागेको र त्यसमा पनि सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको भारतीय युथ काउन्सिलका अध्यक्ष कडारियाले बताए । अहिले पोलब्रेकर्स खेल नेपाल, भारत, भुटान, कतार र अमेरिकामा गरी पाँच देश पुगेको नेपाल पोलब्रेकर्स संघका अध्यक्ष श्रेष्ठले बताए ।
बिस्तारै यो नेपाली खेल विश्वभर फैलिएर नेपाल र नेपालीको नाम विश्वभर चम्किने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘अर्को वर्ष कोरोना महामारी कम भयो भने दक्षिण एसियाली राष्ट्रबीच पोलब्रेक प्रतियोगिताको आयोजना गर्ने तयारी गर्छौं,’ संघका अध्यक्ष श्रेष्ठले भने ।
प्रतिक्रिया