शनिबार, असार १४, २०८२

तालिबान लडाकु अफगानिस्तानकाे राजधानी काबुल छिरे

नेपालखोज २०७८ साउन ३१ गते १५:५५

काठमाडाैं । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिरेका विवरणहरू प्राप्त हुन थालेका छन् । समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका बीबीसीले जनाएकाे छ ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ ।

उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रहसमेत गरेका छन् । आइबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए ।

बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनुपरेको छैन । बीबीसी

प्रतिक्रिया