माओवादीकाे केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय
नेपालखोज
२०७८ साउन ३१ गते १६:०५

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया