चौबीस घण्टामा २ हजार २१२ संक्रमित थपिए, ३३ जनाको मृत्यु

नेपालखोज २०७८ साउन ३१ गते १६:२७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८६७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर परीक्षणबाट १ हजार ७९३ र ४ हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जना गरी जम्मा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ ।

प्रतिक्रिया