मंगलबार, वैशाख २५, २०८१

प्रभु बैंकको खुद मुनाफा २ अर्ब १ करोड

नेपालखोज २०७८ साउन ३१ गते १७:२५

काठमाडौं । प्रभु बैंकको खुद मुनाफा उल्लेख्यरुपमा बढेको छ । बैंकले कोभिड १९ को महामारी कै अवधिमा अर्थात आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब एक करोड १६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब १९ करोड ४२ लाख दुुई हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ६४ अर्ब ८३ करोड २१ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब १७ करोड १२ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच अर्ब दुई करोड १६ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा तीन दशमलव ६५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४८ करोड २४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७२ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार अर्ब ५२ करोड नौ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया