शनिबार, असार १४, २०८२

तालिबानले भन्याे- अफगानिस्तानमा युद्ध समाप्त भयाे, चाँडै शासनबारे जानकारी दिन्छाैं

नेपालखोज २०७८ साउन ३२ गते ९:३०

काठमाडाैं । अफगानिस्तान विद्रोही संगठन तालिबानले अब युद्ध अन्त्य भएको र देशको शासन व्यवस्था कस्तो हुने भन्ने विषयमा चाँडै जानकारी दिने बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अल जजीरालाई दिएको एक अन्तर्वार्तामा तालिबानका प्रवक्ता मोहम्मद नईमले भने कि संगठन अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहन्छ र उनीहरुसँग कुनैपनि मुद्दामा छलफल गर्न तयार छ ।

प्रवक्ता मोहम्मद नइनमले आफ्नो संगठन तालिबानले कुनै मामिलामा हस्तक्षेपको नीति नलिने उल्लेख गर्दै अफगानिस्तान मामिलामा पनि कसैलाई हस्तक्षेप नगर्न चेतावनी पनि दिएका बीबीसीले जनाएकाे छ ।

उनले भनेका छन्, ‘२० वर्षको प्रतीक्षापछि हामी जुन स्थानमा पुग्न चाहन्थ्यौं, त्यहीँ पुगेका छौं । हामी देश र जनताको स्वतन्त्रता चाहन्छौं । हामी न हाम्रो भूमि कसैको प्रयोगशाला हुन दिन्छौं न न हामी नै कसैलाई हानि गर्न चाहन्छौं ।’ बीबीसी

प्रतिक्रिया