अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री
नेपालखोज
२०७८ साउन ३२ गते १०:३०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु ।’
उनी अगाडि लेख्छन्, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’
सम्बन्धित

प्रतिक्रिया