आइतबार, वैशाख १६, २०८१

नेपाल एसबीआई बैंकको नाफा ९६ करोड नौ लाख रुपैयाँमा खुम्चियो

नेपालखोज २०७८ साउन ३२ गते १२:३०

काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा खुम्चिएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा ९६ करोड नौ लाख ६१ हजार तीन सय ७९ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ५४ करोड ३३ लाख ४८ हजार सात सय ७० रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ४९ करोड ३५ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब छ अर्ब २३ करोड ८४ लाख ६६ हजार आठ सय ५१ रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ८३ करोड छ लाख दुई हजार छ सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ८६ करोड ६१ लाख ७२ हजार नौ सय ४२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा तीन दसमलव १८ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा ३३ करोड ९२ लाख पाँच हजार पाँच सय ९१ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब १० अर्ब ४४ करोड ५८ लाख ७२ हजार आठ सय १७ रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६१ करोड ५४ लाख ९९ हजार आठ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार अर्ब चार करोड ४६ लाख दुई हजार सात सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ८७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया