आइतबार, वैशाख १६, २०८१

नबिल बैकको खुद मुनाफा ४ अर्ब ५० करोड

नेपालखोज २०७८ साउन ३२ गते १२:४५

काठमाडौं । नबिल बैंकको खुद मुनाफा उच्च रहेको छ । बैंकले आर्थिक २०७७/०७८ मा चार अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा दुई खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सात अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ७८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७९ प्रतिशत स्प्रेड दर रहेको बैंककोे वितरणयोग्य नाफा भने चार अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा छ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा बैंकको स्प्रेड दर भने तीन दशमलव ७३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया