आइतबार, वैशाख १६, २०८१

सनराइज बैंकको खुद मुनाफा १ अर्ब ५० करोड रुपैयाँ

नेपालखोज २०७८ साउन ३२ गते १३:०३

काठमाडौं । सनराईज बैंकको खुद मुनाफामा सुधार आएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ५० करोड २९ लाख ९० हजार तीन सय ४८ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३५ करोड ९४ लाख ७५ हजार तीन सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार छ सय २० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड ३४ लाख ३५ हजार चार सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ५२ करोड छ लाख ९७ हजार एक सय ९५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा चार दशमलव तीन प्रतिसत स्प्रेड दर रहेको बैकको वितरणयोग्य नाफा भने ६० करोड १५ लाख ७४ हजार तीन सय ८७ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ९० अर्ब २२ करोड ३२ लाख ७१ हजार छ सय २९ रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब एक करोड ८५ लाख ९७ हजार पाँच सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब ८५ करोड ९२ लाख नौ हजार सात सय २३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया