चौबीस घण्टामा ३ हजार ४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार ४५८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणबाट २ हजार ५६६ र ५ हजार ५१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८८५ जना गरी जम्मा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ४०२ र आइसोलेसनमा ३९ हजार ३७१ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख ३४ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया