आइतबार, वैशाख १६, २०८१

सिभिल बैंकको वरिष्ठ वचत खाता, यस्ता छन् सुविधा !

नेपालखोज २०७८ भदौ १ गते ९:१५

काठमाडौं । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ वरिष्ठ वचत खाता जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ ।

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यो वचत खातामा वार्षिक छ दशमलव पाँच प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ ।

यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनीलपा खरेलले बताए ।

निक्षेप तर्फ ९१ अर्ब ६७ करोड र कर्जा तर्फ ८५ अर्ब १४ करोड रुपैयाँ पु¥याउन सफल भएको बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी एक दसमलव पाँच प्रतिसतमा सिमित गर्न सफल भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा तथा योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

प्रतिक्रिया