सुनचाँदीकै भाउ बढ्यो
नेपालखोज
२०७८ भदौ १ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला चार सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया