आइतबार, वैशाख १६, २०८१

महामारीकै अवधिमा बैंकहरुले कमाए ६३ अर्ब ३७ करोड रुपैयाँ

नेपालखोज २०७८ भदौ १ गते १४:५४

काठमाडौं । कोभिड १९ को विश्व महामारीकै अवधिमा बैंकहरुले ६३ अर्ब ३७ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । सम्वन्धीत बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २७ वटा वणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/०७८ मा उक्त परिमाणमा खुद मुनाफा कमाएका हुन् ।

बैंकहरुले कमाएको यो मुनाफा अघिल्लो आवको तुुलनामा २० प्रतिशतले बढी हो । अघिल्लो आवमा २७ वटा वाणिज्य बैंकहरुले कुल ५२ अर्ब ८० करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७७/०७८ मा सबै भन्दा बढी नाफा नबिल बैकले कमाएको छ । नबिल बैंकले चार अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले चार अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक भने तीन अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा कमाएमो आधारमा यो बर्ष बढी नाफा कमाउने बैकहरुको सूचीमा तेस्रो स्थानमा परेको छ ।

कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक र प्राईम कर्मसियल बैंकले भने आव २०७७/०७८ मा क्रमश तीन अर्ब ६९ करोड ४४ लाख, तीन अर्ब ६५ करोड १४ लाख, तीन अर्ब २५ करोड ४८ लाख र तीन अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी नेपाल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनएमबी बैकले पनि यस अवधिमा क्रमश तीन अर्ब छ करोड, दुई अर्ब ९९ करोड, दुुई अर्ब ८३ करोड र दुई अर्ब ७३ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

आव २०७७/०७८ मा मेगा बैंक, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, कुमारी बैंक र प्रभु बैंकले भने क्रमश दुई अर्ब ३२ करोड, दुई अर्ब २९ करोड, दुई अर्ब २७ करोड, दुई अर्ब र दुई अर्ब ११ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाडौ र स्टान्र्डड चार्टड बैंकले पनि आव २०७७/०७८ मा क्रमश एक अर्ब ५९ करोड, एक अर्ब ८२ करोड, एक अर्ब ५४ करोड, एक अर्ब ५३ करोड र एक अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यीबाहेक माछापुच्छ्रे बैंक, एनसीसी बैंक, सनराईज बैंक, नेपाल एसबीआई बैंक, सेञ्चुरी कर्मसियल बैंक र सिभिल बैंकले भने आव २०७७/०७८ मा क्रमश एक अर्ब ३६ करोड, एक अर्ब २७ करोड, एक अर्ब ५० करोड, ९६ करोड, ७५ करोड र ५५ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

प्रतिक्रिया