चौबीस घण्टामा ३ हजार २७४ संक्रमित थपिए, २७ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ १ गते १७:३६

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ९२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६५ जनाको पीसीआर परीक्षणबाट २ हजार ४५६ र ६ हजार १२४ जनामा गरिएको एन्टिजिन परीक्षणमा ८१८ जना गरी जम्मा ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।

प्रतिक्रिया