सोमबार, वैशाख २९, २०८२

पहिराेले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

नेपालखोज २०७८ भदौ २ गते ९:५८

काठमाडाैं । त्रिभुवन राजपथअन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवाबीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना २ ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताइन् । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । रासस

प्रतिक्रिया