टुहुरे अस्पताल भर्ना

नेपालखोज २०७८ भदौ २ गते १३:३१

काठमाडौं । थुप्रै चर्चित गीतका जनवादी गायक जे.बी. टुहुरेलाई हृदयाघात भएको छ ।

हिजो (मंगलबार) दिउँसो काठमाडौंको कलंकीस्थित निजी निवासमा उनलाई स्ट्रोक भएपछि बल्खुस्थित बयोधा अस्पतालको आईसीसीयूमा राखेर उपचार भइरहेको छ । कला तथा संगीतप्रेमीहरुले टुहुरेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पहिले एमालेमा आबद्ध गायक जे.बी. टुहुरे पछिल्लो समयमा माओवादीमा प्रवेश गरी राष्ट्रियसभाको सदस्यसमेत बनेका थिए । उनी लामो समय जनवादी सांस्कृतिक परिवारमासमेत सक्रिय थिए ।

प्रतिक्रिया