फुट्यो एमाले, माधव नेपालले दर्ता गराए नेकपा एमाले (समाजवादी)
नेपालखोज
२०७८ भदौ २ गते १६:४९

काठमाडौं । नेकपा एमाले आजदेखि औपचारिक रुपमा फुटेको छ । माधवकुमार नेपाल समूहले आज निर्वाचन आयोगमा पुगेर नेकपा एमाले (समाजवादी) नामको पार्टी दर्ता गराएको छ ।
माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका छन् ।
यसअघि नेपालसहितका नेताहरुको बैठक नयाँ बानेश्वरको एक होटेलमा बसेको थियो । बैठकले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया