जसपा पनि फुट्यो, महन्थ ठाकुरले गठन गरे जसपा लोकतान्त्रिक

नेपालखोज २०७८ भदौ २ गते १७:०९

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) पनि फुटेको छ । महन्थ ठाकुर नेतृत्वमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) गठन भएको छ । यसका लागि ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

जसपा लोकतान्त्रिक दर्ताका लागि सांसदहरु निर्वाचन आयोगमा उपस्थित भएको महतोले जानकारी दिए । उनका अनुसार पार्टीको चुनाव चिह्‌न साइकल हुनेछ ।

जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका हुन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

स्रोतका अनुसार जसपा लोकतान्त्रिकको अध्यक्षमा ठाकुर हुनेछन् भने महतो वरिष्ठ नेता रहनेछन् ।

प्रतिक्रिया