आज र भोलि देशका सबै भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना !

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव सामान्य रहेको जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।
हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा आंशिकदेखि र सामान्य बदली रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । मौसमविद् धर्मराज उप्रेतीले आज र भोलि देशका सबै भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । ‘भदौ ३ र ४ गते देशका सबै भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना प्रवल छ,’ उप्रेतीले भने ।
यस्तै भोलि (शुक्रबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यसैगरी पर्सि (शनिबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया