सुनचाँदीकै मूल्य घट्याे, आजको भाउ कति ?

नेपालखोज २०७८ भदौ ३ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला चार सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया