लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित
नेपालखोज
२०७८ भदौ ३ गते ११:३७

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । आज बिहीबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया