राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

नेपालखोज २०७८ भदौ ३ गते १२:५५

काठमाडौं । दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

अधिवक्ता प्रवेश केसीले जारी भएको अध्यादेश संविधान विपरित रहेको भन्दै रिट दर्ताका लागि पेस गरेका छन् । रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया