सोमबार, वैशाख २९, २०८२

कक्षा ११ र १२ का विद्यार्थीलाई भाेलिदेखि काेराेनाविरुद्धको खाेप

नेपालखोज २०७८ भदौ ३ गते १९:१९

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले काेराेना भाइरस (काेभिड-१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने जनाएकाे छ ।

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने जनाइएकाे छ ।

प्रतिक्रिया