रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त
नेपालखोज
२०७८ भदौ ४ गते ९:३९

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा राजविराजका निरञ्जन झालाई नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई नियुक्त गरेको हो । झा नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट मानिन्छन् ।
यसअघिका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो । माधवकुमार नेपालले एमाले (समाजवादी) गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षका लाई राजनीतिक नियुक्ति दिन थालेको छ । बिहीबारकै मन्त्रिपरिषद्ले नेपालनिकट यादवचन्द्र शर्मालाई वाग्मती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया