शनिबार, वैशाख १३, २०८२

नयाँ रोयल इन्फिल्ड क्लासिक-३५०

नेपालखोज २०७८ भदौ ४ गते १०:३७

काठमाडौं । नयाँ रोयल इन्फिल्ड क्लासिक-३५० आगामी महिनासम्म लन्च भइसक्ने बताइएको छ । यो बाइकको लुक्स निकै सानदार देखिन्छ । रोयल इन्फिल्डको यो सबैभन्दा बढी बिक्री हुने बाइकको नेक्स्ट जेनरेसन मोडल कस्तो छ त ? यसमा के-कस्ता खास विशेषता छन् ?

नेपालमा ३५० सीसीभन्दा बढी पावरको बाइक सेगमेन्टमा भारतीय बाइक रोयल इन्फिल्डको राम्रो बजार छ । यो कम्पनीले समय-समयमा नयाँ-नयाँ बाइक लन्च गरेर ग्राहकहरुका लागि एक-से एक विकल्प पनि उपलब्ध गराइरहेको छ । यस क्रममा रोयल इन्फिल्डले आफ्नो सबैभन्दा बढी बिक्री हुने बाइक क्लासिक-३५० को नेक्स्ट जेनरेसन मोडल न्यु रोयल इन्फिल्ड क्लासिक-३५० लन्च गर्दै छ ।

न्यु क्लासिक-३५० को म्याट ब्ल्याक फिनिस कलर र रेड कन्ट्रास्ट स्ट्राइप्सका साथ निकै खास र सानदार देखिन्छ । यसका साथ यो बाइकमा मल्टी स्पोक डुअल टोन अलाय ह्‌विल पनि छ जसले नयाँ क्लासिक-३५० मा हालको क्लासिक-३५० को तुलनामा थुप्रै परिवर्तनको संकेत दिन्छ ।

के हुनेछन् नयाँ ?
नयाँ क्लासिक-३५० मा रेट्रो स्टाइल राउन्ड टेलल्यापका साथ राउन्ड टर्न इन्डिकेटर, रेट्रो स्टाइल राउन्ड हेलोजन हेडल्याम्प त छ नै यसमा सानो खालको सेमी डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर पनि छ । भनिन्छ नयाँ क्लासिक-३५० लाई तीन भेरियन्टमा बजारमा उतारिँदै छ । जसमा सिंगल सिटर, ट्‌विन सिटर क्लासिक ३५० र क्लासिक ३५० सिंगल एडिसन छन् । यसको सिंगल एडिसनमा अलोय ह्‌विल्ज भए पनि रेगुलर मोडलमा स्पोक ह्‌विल्ज जडान हुनेछ । इसको स्टार्ट बटन मिटियर ३५० को जस्तै रहनेछ ।

Meteor को जस्तै इन्जिन
New Royal Enfield Classic 350 मा Meteor 350 को जस्तै इन्जिन रहनेछ । यो रोयल इनफिल्डको नयाँ ‘जे’ मोड्युलर आर्किटेक्चमा बेस्ड बाइक हो । नयाँ क्लासिक ३५० का धेरैजसो खुबी Meteor 350 जस्तै नै हुनेछ । यो बाइक को ३४९ सीसी फकी फ्युल इन्जेक्टेड इन्जिन २०.२ बीएचपीको म्याक्सिमम पावर तथा २७ एनएम टर्क जेनरेट गर्न सक्षम छ । यो बाइक फाइभ स्पिड गियरबक्सका साथ उपलब्ध हुनेछ ।

प्रतिक्रिया